बिदेश वाट आएपछि कृषि खेतीमा

कालीकोटका प्राबि कतारवाट आएपछि कृषि खेतीमा लागेका अनिल बिष्टको कोटमा लगाईएको तरकारीसंगै मकै वाली तस्विरः प्रेमराज सिम्खडा ।

प्रेमराज सिम्खडा   कालीकोट, जेठ १९ गते । वाजेको उपचार गर्दा लागेको ऋण तिर्न र घर ब्यवहार चलाउन निकै समस्या भएपनि कतार हानियाका युवा आज भोली कृषि खेतीमा कम्मर कसेर लाग्नु भएको छ ।

 

१९ वर्षको उमेरमा काठमाण्डौमा पत्रकारिता सुरु गदै कर्दा वाजेलाई ठुलो बिरामले भेट्यो । वाजेको उपचारमा घरमा भएको सबै सकिएपछि गाउँलेसंग ऋण निकालियो । गाउँलेको ऋण र घर ब्यहावर चलाउन समस्या भएपछि कालीकोट सान्नीत्रिवेणी गाउँपालिका वडा नं २ रकुका अनिल बिष्ट २०७३ सालमा कतार हानिनुभयो । 


कतारमा कमाएको पैसाले गाउँलेको ऋण तिर्न र सानो गाउँमा घर वनाउन ठिकै भयो । वाँकी घर ब्यवहार चलाउन बिष्टले कोट भन्ने ठाउँमा तरकारी संगै अन्य अर्गानीक कृषि खेती पनि गरिरहनु भएको छ । सानै उमेरमा बिदेश गएर दुःख पाएकाले अव गाउँमै कृषि खेती गरेर वस्ने आफ्नो अन्तीम इच्छा भएको अनिलले वताउनुभयो ।

 

कोटमा काँक्रा, आलु, वन्दा, काउँली, भान्टा लगाएतका तरकारी संगै यो सिजनमा मकै पनि हरावरा वनाउनु भएको छ । 
असार सम्म मकै पाकेर बिक्रि गरेपछि फेरी अन्य तरकारी संगै अर्को सिजनको मकै रोप्ने बिष्टको योजना छ ।

 

गाउँमा ताजा तरकारी उत्पादन हुदा बिदेश जानु पर्ने वाध्यता हटेको छ भने अर्को तर्फ घर परिवार संगै वस्न पनि पाएका छन । ताजा तरकारीको सेवन, अग्रानीक खानाले स्वास्थ्य पनि स्वस्थ रहने उहाँको भनाई छ । अव स्थानीय सरकारले अनुदानमा सहयोग गरेमा थप जमिन भाडामा लिएर कृषि खेती गर्ने उहाँको योजना छ ।

 

कर्णाली करिडोरसंग जोडिएको कोटमा तरकारी खेती देखि सबै खाले वाली उत्पादनका लागि निकै उपयुक्त भुमी भएको कृषि ज्ञान केन्द्र कालीकोटका प्राबिधिक प्रशुराम काफ्लेले वताउनुभयो । 

प्रतिकृया दिनुहोस