दैलेखको देउलीकोट घोप्ले सामुदायिक वन फडानी

भदौ,२७ कालिकोट       दैलेखको आठबिस नगरपालिका भित्रका सामुदायिक वन फडानी तिव्ररुपमा भईरहेको उपभोक्ताले वताएका छन । समुदायमा दर्ता गरिएका वन काठ तस्करले खुलमखुला फाडानी गर्न थालेपछि स्थानीय उपभोक्ता चिन्तीत भएका हुन ।

 

नगरपालिकाको वडा नं तीनको देउलीकोट घोप्ले सामुदायिक वनमा काठ तस्करहरुले दिनमै रुख काटेर चिरान लगाईरहेका छन । उपभोक्ता समितिका अध्यक्ष धिरेन्द्र कार्कीको मिलेमतोमा काठ तस्कर भईरहेको उपभोक्ताको आरोप छ । सालका रुख पुरै कटान गरेका छन । शक्तीका आडमा मनोमानी चलेकाले आफुहरु पनि असुरक्षित रहेको उपभोक्ताले वताएका छन । गोप्य रुपमा सुचना दिदै उपभोक्ताले समितिका अध्यक्ष देखि केही वनका कर्मचारीको समेत वन फडानीमा हात रहेको दावी गरेका छन । वन समितिका अध्यक्ष धिरेन्द्र कार्कीले भने आफु सामुदायिक वनको अध्यक्ष पहिला भएको र आफ्नो कार्यकाल सकिएको दुई वर्ष भएको वताउनुभयो ।

 

उहाँले पटक पटक भेला वोलाउदा पनि कुनै पनि समुदाय भेलामा नआएकाले अध्यक्ष छनोट हुन नसकेको सुनाउनुभयो । अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा मुद्धा आफ्नो नाममा रहेकाले काम गर्न नपाउने परिपत्र आएको हुदा वन हेरालुको म्याद थप्न नपाउदा वन फडानी भएको वताउनुभयो । जिल्ला वन कार्यालय दैलेखका वन अधिकृत मुनवहादुर रावतका अनुसार अवैधरुपमा तस्कर भईरहेको काठ वन रक्षकले कब्जामा लिएको भन्ने आफुले रिर्पोट पाएको वताउनुभयो । उहाँले अरु धेरै ठाउँमा काठ तस्करी भईरहेको भन्ने स्थानीयवाट सुराकी आएको भएपनि आफ्ना वन रक्षकले भने लिखित रिर्पोट नपठाएका कारण थप अनुसन्धान हुन नसकेको वताउनुभयो ।

 

उहाँले काठ चिरान गरिरहेका मध्य डिल्ली वडुवाललाई आरा मेसिन सहित नियन्त्रणमा लिएको  भन्ने जानकारी आफुलाई आएको स्वीकार गर्नु भयो । कोरोनाको त्रासका साथै वन कार्यालयमा हिरासत कक्ष नभएका कारणले भागी जाने वाहेकका तस्करलाई कसैको जमानतमा छोड्ने भएकाले डिल्ली वडुवाललाई पनि जमानतमा छोडिएको हुन सक्ने वताउनुभयो ।

 

आफुलाई वन रक्षक रेन्जरहरुको लिखित रिर्पोट नआउदा सम्म कहाँ के कति कस्ता ब्यक्ति समातिएका छन भन्ने सबै जानकारी नभएको वताउनुभयो । आफुलाई फिल्डमा रहेका कर्मचारीले लिखित जानकारी गराएमा वनको ऐन अनुसार कार्वाही अगाडी वड्ने अधिकृत रावतको भनाई छ ।

 

देउलीकोट घोप्ले सामुदायिक वनका उपभोक्ताले आफुलाई सुरक्षित राख्न माग गदै हामिलाई दिएको सुचनामा समितिका अध्यक्ष धिरेन्द्र कार्की संगै डिल्ली वडुवाल, लालवहादुर कार्की, पदम कार्की, चक्रवहादुर कार्की, केशववहादुर शाही लगाएतको समुहले काठ चिरान गराउने र रातारात वेचविखन गदै आएको वताएका छन । वडा नं तीनका वडाअध्यक्ष प्रर्याग शाहीले पनि वनका कर्मचारीले आरा सहित स साना रुख काटेको रंगेहात 

प्रतिकृया दिनुहोस